गोदावरीबाट एकलाख बाईस हजार बराबरका भन्सार छलीका सामान बरामद

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बाट एकलाख बाईसहजार बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ ।

बुधबार बिहान इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलिले एकलाख बाईसहजार एक सय सत्तरी बराबरका भन्सार छलीका सुट, साडी र बिभिन्न किसमका श्रीगारका सामान बेवारिसे अवस्थामा बरामद गरेको हो ।

nisarga

बरामद सामान भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ ।