दार्चुलामा एक पुरुष मृत फेला

Image
maya metro

दार्चुला – दुहु गाउँपालिका–५ सुतखोला थाममा शनिबार एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

दुहु–२ हिकिलाका ४६ वर्षीय हर्कसिंह बडाल मृत फेला परेको प्रहरीले जनाएको छ ।

nisarga

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार घरबाट सदरमुकाम खलंगा जान्छु भनी हिँडेका बडाल शनिबार दिउँसो मृत फेला परेका हुन् ।

शव भेटिएको ठाउँको प्रकृति हेर्दा भीरबाट लडेको हुन सक्ने आशंका गरिएको दार्चुला प्रहरीका प्रवक्ता कान्तिराज जोशीले बताए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली गएको छ ।