गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-६ मौरीफाटा बस्ने २६ बर्षिय वीरेन्द्र भट्टराई रहेका छन् ।

nisarga

उनलाई कैलालीको गोदावरी नगरपालिका-३ मालाखेती चोकबाट बुधबार दिउँसो ७ ग्राम ४६० मिलिग्राम खैरो हेरोइन र ९० ट्याब्लेट नाइट्राजेपामसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालााखेतीले बताएको छ ।