कञ्चनपुरबाट पेस्तोलसहित चार भारतीय पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरबाट पेस्तोलसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन्। भारतीय नागरिकले चलाएको गाडिमा हातहतियार बोकेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्रहरी उपरीक्षक चक्रराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलाश गर्दा बुधवार राति ९ः४५ बजे चारै जनालाई पेस्तोलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले बताए।

भीमदत्त नगरपालिका-६ ऐठपुरबाट पुर्व पश्चिम राजमार्गमा महेन्द्रनगरबाट पश्चिम गड्डाचौकी तर्फ गइरहेको चालक भारत, उधमसिँहनगर जिल्ला, ग्राम खटिमा बस्ने ३४ वर्षीय जिवन सिँह जिमेवालले चलाई रहेको युके ०६ एआर ०८४६ नम्बरको कारलाइ चेकजाँच गर्दा कारको चालक सिट पछाडीको खल्तीमा लुकाई छिपाई राखेको जेजिएस कल ९ एमएम पिएके जोराकी मोड ९१४, ०६१५–००७६१९ लेखिएको म्याग्जिन, कभर सहितको पेस्तोल हतियार १ थान फेला परेको डीएसपी जोशीले जानकारी दिए।

nisarga

हतियारसहित कारमा सवार भारत, उधमसिँहनगर जिल्ला, ग्राम खटिमा बस्ने ३१ वर्षीय कोमल बिष्ट, ३४ वर्षीय उमेद सिँह अधिकारी र २८ वर्षीय संजय जेठीलाई नियन्त्रणमा लिई सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।