मजगाउँमा शनीबारदेखि माघ महोत्सव सुरु हुँदै,मुख्यमन्त्रीले उद्घाटन गर्ने

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत मजगाउँमा आगामी शनिबारदेखि माघ महोत्सव सुरु हुने भएको छ ।

संस्कृति संरक्षण, स्थानिय पर्यटन र आधुनीक कृर्षि पर्यटनका लागि एकजुट हौ भन्ने मुल नाराका साथ थारू कल्याणकारिणी सभा र वरघर भलमन्सा गोदावरी नगर समितिले महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवमा मजगाउँ थारु सामुदायिक होमस्टे र खुटिया चारपाते युवा क्लबले सहकार्य गरेको छ । माघ १२, १३ र १४ गते महोत्सव सञ्चालन हुने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको थारू कल्याणकारिणी सभाका नगर अध्यक्ष जनकलाल चौधरीले बताए ।

महोत्सवको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहान ११ बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा स्थानीय झाँकीहरू प्रदर्शनका साथै थारु राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सवमा थारु खानपानको व्यवस्था, थारु कला संस्कृतिको जगेर्ना सम्बन्धी विविध कार्यक्रम, थारु कला,सिप झल्कने थारु संग्रहालयको अवलोकनका साथ अन्य रमाइलो मेला प्रदर्शन हुने आयोजकले जनाएको छ ।

थारू कल्याणकारिणी सभाका पूर्व कार्यबाहक सभापति माधव चौधरीले यसपटक महोत्सवलाई केहि फरक बनाउने उदेश्यले लागूऔषध सम्बन्धि जानकारीमूलक नाटक प्रस्तुत गर्ने तयारी भईरहेको बताएका छन् ।

महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहने बताईएको छ ।