सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान संशोधन विधेयक पारित

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेश सभाले सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको छ। आज बसेको प्रदेश सभा बैठकले यो विधेयकलाई सर्वसम्मतले पारित गरिएको हो।

संशोधन विधेयकमाथि सामाजिक विकास समितिमा दफावार छलफल भइ तयार भएको प्रतिवेदनमाथि सभामा छलफल पश्चात् विधेयक पारित गरिएको छ। छलफलमा प्रदेश सभा सदस्य पदमबहादुर शाही, लक्ष्मी विक, चक्रबहादुर मल्ल, खुशीराम डंगौरा थारु, नरेशकुमार शाही, ताराप्रसाद जोशीले भाग लिए।

nisarga

यसैगरी, सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको दोस्रो प्रतिवेदन २०८१ प्रदेश सभाबाट सर्वसम्मतले स्वीकृत भएको छ। समितिका सभापति विक्रमसिंह धामीले सभाबाट प्रतिवेदन स्वीकृत गरियोस भन्ने प्रस्ताव पेस गर्नु भएको थियो। प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ।