
अत्तरिया – कैलालीको गोदावरीमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेको अटो प्रहरीले नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका–४ वसन्तपुरस्थित महेन्द्र राजमार्गमा बुधवार साँझ दुर्घटना भएको थियो।
गोदावरी नगरपालिका–४ वसन्तपुरका २२ वर्षीय भरत खड्काले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिने अटो बिहिवार इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएको हो।

गोदावरी नगरपालिका–ह ०४८ नम्बरको अटो र गोदावरी–४ बेलपानीका ४० वर्षीय मिलन रोकामगरलाई बिहिवार प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधवार साँझ मोटरसाइकललाई ठक्कर दिँदा चालक भरत खड्का र मोटरसाइकलको पछाडी सवार ४८ वर्षीया सुर्जादेवी खड्का घाइते भएकी थिईन् । गभ्मीर घाइते उनलाई थप उपचारका लागि दिल्ली पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
















