अत्तरिया जेसीजको १३ औं पदस्थापना समारोह सम्पन्न

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया जेसीजको १३ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

समारोहमा अध्यक्षमा निर्वाचित भएका जेसी प्रदिप खड्कालाई पद हस्तान्तरण गरिएको थियो ।

nisarga

शनीबार अत्तरियाको फारवेल होटलमा सम्पन्न समारोहमा निवर्तमान अध्यक्ष जेसी प्रकाश मल्लले खड्कालाई पद हस्तान्तरण गरेका हुन् ।

करिब एक महिनाअघि वर्ष २०२५ को निम्ति जेसी खड्काको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो ।

एक वर्षे कार्यकालका लागि चयन हुने जेसीजको कार्यकारीणी उपाध्यक्षमा कल्पना भट्ट र महेन्द्र ऐडी सर्वसम्मत चयन भएका थिए ।

समितिको कानुनी सल्लाहकारमा बम बहादुर बोगटी, महासचिवमा अनिश सिंह र कोषाध्यक्षमा शंकर साउँद सर्वसम्मत चयन भएका थिए ।

त्यस्तै समितिको उपाध्यक्षहरुमा टेक खड्का, हेमराज भट्ट,प्रेमा पाठक र शान परिवार चयन भएका थिए ।

जेसीज वर्ष २०२४ का अध्यक्ष मल्लको सभाअध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका अर्थ राज्यमन्त्री प्रकाश बहादुर बम रहेका थिए ।