आफैंलाई गोली चलाएका प्रहरी जवान विष्टको उपचारको क्रममा मृत्यु

Image
maya metro

कञ्चनपुर – आफैंलाई गोली चलाएका कञ्चनपुरका प्रहरी जवान वकिल बिष्टको मृत्यु भएको छ।

महाकाली अस्पतालमा उपचार सम्भव नभएपछि धनगढीको निसर्ग अस्पतालमा उपचार्थ रहेका विष्टको शुक्रवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले बताए।

nisarga

आफैंलाई गोली प्रहार गरेका प्रहरी जवान बिष्टको टाउकोमा गम्भीर चोट लागेको र के कारणले उनले गोली प्रहार गरे भन्ने विषयमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता उमेश राज जोशीको भनाइ छ।

विष्टले माघ ९ गते बुधवार राति डयुटीमा रहेको बेला आफैलाई गोली प्रहार गरेका थिए। विष्ट सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर कञ्चनपुरमा कार्यरत थिए।