कैलालीमा किशोरीमाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

Image
सांकेतिक तस्वीर
maya metro

धनगढी – कैलालीमा किशाेरीमाथि सामूहिक बलात्कार भएको छ ।

जाेशीपुर गाउँपालिका-६ बस्ने १५ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेकाे अभियाेगमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ ।

nisarga
पक्राउ पर्नेमा जाेशीपुर गाउँपालिका- १ बस्ने १८ वर्षीय सुमन डगाैरा  र  १८ वर्षकै कुशल चाैधरी रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बाेहराले जानकारी दिए ।
उनकाअनुसार बलात्कारमा संलग्न रहेकाे आराेप लागेका अन्य दुई जना भने भारततर्फ भागेका छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएकाे हाे । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चाैधरी र १९ वर्षीय आशिक चाैधरी रहेका छन् ।
उनीहरू चारै जनाले २२ मंसिरमा किशाेरीमाथि सामूहिक बलात्कार गरेपनि ढिलाेगरि प्रहरीलाई खबर आएकाे हाे ।
उनीहरूविरूद्व जबरजस्तीकरणी शिर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।