अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले धनगढी-अत्तरिया ६ लेन सडकखण्डको मेडियनमा तारजाली लगाउने कार्य सुरु गरेको छ ।
गोदावरीको सिमानामा पर्ने ५ किलोमिटर सडकखण्ड (पुल र जेब्रा क्रस छोडेर)को मेडियनको दुवैतर्फ तारजाली लगाउन नगरपालिकाले ८० लाख २३ हजार ४७४ रुपियाँ (भ्याससहित)मा सुयल कन्ट्रक्सनसंग ठेक्का सम्झौता गरेकोे गोदावरी नगरपालिकाका सब इन्जिनियर शुभम कुमार क्षेत्रीले बताए ।
तारजाली लागउने कार्यको लागत अनुमान एक करोड १८ लाख ४६ हजार ३५४ रुपियाँ रहेको थियो । ठेक्काको समयावधी २०८१ माघ २५ गतेसम्म रहेको छ ।
गत मंसिर २५ गते ठेक्का लिएको सुयल कन्ट्रक्सनले केहि दिन अघि नै तारजाली लगाउने कार्य सुरु गरिसकेको छ । तारजाली लगाइसकेपछि वृक्षारोपणको कार्य अघि बढाईने गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले बताएका छन् ।