भ्रामक सूचना सम्प्रेषण गरे ३ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना

Image
maya metro

काठमाडौँ – सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । राष्ट्रियसभामा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा सामाजिक सञ्जालको दर्तादेखि नियमन र कानुन उल्लङ्घन गर्नेलाई सजायसम्मको व्यवस्था रहेको छ । आज दर्ता भएको विधेयकमा फेसबुक, भाइबर, ह्वाट्सएप, एक्सलगायत सामाजिक सञ्जालले नेपालमा सञ्चालन अनुमति लिनुपर्ने उल्लेख छ । सूचीकरण र दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले चल्न नदिनेसम्मका प्रावधान विधेयकमा छन् ।

nisarga

परिच्छेद ५ मा कसुर र सजाय सम्बन्धी व्यवस्था छ । त्यसमा साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था राखिएको छ । साइबर बुलिङ भन्नाले कसैले इन्टरनेट जडान भएको डिजिटल उपकरणको माध्यमबाट सामाजिक सञ्जालको प्रयोग गरी साइबरस्पेसमा गलत वा हानिकारक वाक्य, शब्द, अक्षर, चिह्न, चित्र, तस्वीर, स्केच, फोटो, अडियो, भिडियो, श्रव्य–दृश्य, संकेत वा सन्देश पठाउने, पोष्ट गर्ने, सेयर गर्ने वा सोही कार्यबाट कसैलाई सताउने, तर्साउने, धम्क्याउने, लज्जित गराउने, अपमान गर्ने, मानमर्दन गर्ने वा अफवाह फैलाउने गरी आवाजको नक्कल गर्ने जस्ता कार्यलाई सम्झनुपर्ने विधेयकमा उल्लेख छ ।

यस्तै भ्रामक सूचना र डीपफेक भिडियो अपलोड वा प्रसार गर्दा पनि कारबाहीमा पर्ने विधेयकमा उल्लेख छ ।