स्याउलेमा प्रदेश स्तरीय शारदा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारमा प्रदेश स्तरीय शारदा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु भएको छ ।

स्याउलेमा रहेको शारदा विद्या निकेतनले प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगिताको आज एक समारोहका बिच सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्य मन्त्री सरस्वती खड्काले उद्घाटन गरेकी हुन् ।

१९ गतेसम्म चल्ने प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेताले नगद ५० हजार र उपविजेता टिमल नगद २५ हजारसहित, ट्रफी र मेडल लगायतका पुरस्कार पाउने छन् ।

प्रतियोगिता लिग कम नक आउटको फरम्याटमा संचालन भइरहेको छ । आज पहिलो खेल दुर्गा भवानी मावि र वेष्टर्न कृष्टल एकेडेमीबिच सञ्चालन भईरहेको छ ।

विद्यालयहरुमा लुकेर रहेका उमेर समुहका खेलाडीहरुलाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक शाहीले बताए ।

प्रतियोगिता गोदावरी स्याउले बजारमा रहेको शिवशक्ती युवा क्लबको खेल मैदानमा संचालन भईरहेको छ ।