कञ्चनपुरको कृष्णपुरमा माघ २२ गते ग्वासी समैजी मेला लाग्ने

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ मा रहेको ग्वासी समैजी देवस्थल मालुवेलामा मेला (जात) लाग्ने भएको छ। हरेक वर्ष माघ शुक्ल सप्तमीका दिन लाग्ने मेला यस वर्ष पनि माघ २२ गते लाग्ने स्थानीय युवा जीवनराज भट्टले बताए।

ग्वासी समैजीमा लाग्ने मेला अघि माघ शुक्ल पञ्चमीका दिन (माघ २० गते) ग्वासी समैजीको मूल धाम रहेको गोदावरी नगरपालिका– १२ बड्डीमछेली (कुमीझाल) मा मेला लाग्ने छ। त्यसको भोलिपल्ट माघ २१ गते राति रतेडी भई माघ २२ गते मालुबेलामा रहेको ग्वासी समैजी देवस्थलमा मेला लाग्ने भट्टले बताए।

nisarga

मेलाको दर्शन गर्न कञ्चनपुर, कैलालीसँगै डोटी, डडेल्धुराबाट पनि दर्शनार्थी आउने गरेका छन्। यहाँ दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वास रही आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव राज भट्टले बताए।

ग्वासी समैजी मन्दिर कृष्णपुर नगरपालिका गुलरिया बजारबाट झन्डै १० किलोमिटर उत्तर पट्टी रहेको छ। पछिल्लो समय यो मन्दिर पर्यटकीय धामका रूपमा समेत विकास हुँदै गइरहेको छ।