अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिरमा शिवमहापुराण तथा अतिरुद्र महायज्ञ सुरु भएको छ ।
विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा आजदेखि सुरु भएको शिवमहापुराण तथा अतिरुद्र महायज्ञ यहि माघ २८ गतेसम्म चल्नेछ ।
महायज्ञमा पाठ पारायण,आरती,भजन किर्तन तथा प्रवचन लगायतका कर्म गरिने विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष एवम् विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य रामेश्वर जोशीले बताए ।
उक्त महायज्ञमा सरिक भईदिन श्रद्धालु भक्तजनहरुमा अनुरोध गरिएको छ ।