कैलालीमा कुखुरा फार्ममा आगलागी, डेढ लाखको क्षति

Image
फाइल फोटो
maya metro

धनगढी – कैलालीमा कुखुरा फार्ममा आगलागी हुँदा डेढ लाख बढिको क्षति भएको छ ।

गौरीगंगा नगरपालिका–१० उदासीपुर बस्ने ४० वर्षीय धनसिह भण्डारीको काठले बनेको खरले छाएको कुखुरा फर्ममा आगलागी भएको प्रहरीले जनाएको छ ।

nisarga

आगलागीबाट फर्म भित्र रहेका बोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामान गरेर एक लाख ५७ हजार तीन सय रुपैयाँ बराबरको क्षति भएको छ ।