गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ

Image

अत्तरिया – कैलालीको गोदावरीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी-२ का २२ वर्षीय धिरज बलायर रहेका छन् ।

बलायरलाई बुधबार (आज)बेलुकी गोदावरी नगरपालिका वडा नम्बर-२ स्थीत राष्ट्रिय वाणिज्य बैंक सडक खण्डबाट दुई सय मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

उनीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।