कैलालीमा ट्याक्टरबाट खसेर महिलाको मृत्यु

Image
maya metro

 कैलाली – कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ।

जोशीपुर गाउँपालिका–५ मैनपोखरी नहरमा ५० वर्षीय तेजबहादुर मौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर महिलाको मृत्यु भएको प्रहरीले जनाएको हो।

nisarga

ट्याक्टबाट खसेर जोशीपुुरकै सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो। बिहीवार साँझ ७ बजेतिर उनी ट्याक्टरबाट खसेर टायरमा च्याप्पिएकी थिइन्।

उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।