रास्वपा गोदावरीले गर्यो कार्यसमिति बिस्तार,को को भए चयन?

Image

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको गोदावरी नगर समितिले नगर कार्यसमितिका रिक्त पदहरुमा पदाधिकारी चयन गरेको छ ।

पार्टीको आज बसेको दोस्रो भेलाले उप सभापतिसहित,सह सचिव तथा सदस्यहरु चयन गरेको हो । उप सभापतिमा रामचन्द्र सापकोटा चयन भएको नगर सभापति दिपक ओझाले जानकारी दिए ।

nisarga

त्यस्तै सह सचिवमा दिपकराज भट्ट चयन भएका छन् । सदस्यहरुमा मान बहादुर विष्ट,दिनेश नेपाली, दिल बहादुर साहु,लोकेन्द्र धामी र लाल बहादुर धामी चयन भएका छन् ।

यसअघि पार्टीको गत वर्षको पहिलो भेलाबाट सभापतिमा दिपक ओझा,सचिवमा भान देव पनेरु,कोषाध्यक्षमा रेवती धामी र सदस्यमा तिर्थराज जोशी चयन भएका थिए ।

अझै कार्यसमति बिस्तारको क्रममै रहेको सभापति ओझाले बताएका छन् । नगर सभापति ओझाको सभा अध्यक्षतामा आज सम्पन्न भएको दोस्रो नगर स्तरीय भेलामा पार्टीका सुदूरपश्चिम सभापति प्रकाश विष्ट प्रमुख अतिथि रहेका थिए ।

अत्तरियास्थीत फारवेल फुडल्यान्डमा सम्पन्न भएको भेलामा पार्टीका प्रदेश कृषि विभाग प्रमुख कृष्ण न्यौपानेलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।