कृषि उत्पादनहरु भए समन्वय गर्नुस,बजारीकरणका लागि सहयोग गर्छौँ : न्यौपाने

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुदूरपश्चिम प्रदेश कृषि विभाग प्रमुख कृष्ण न्यौपानेले कृषि उत्पादनहरु भएमा आफुहरुसंग समन्वय गर्न आग्रह गरेका छन् ।

कृषि उत्पादनहरुले भारतीय उत्पादनसंग प्रतिष्पर्धा गर्न नसकेर बजार नपाईरहेको खबर बेला बेलामा सुनिने गरेको भन्दै आफुहरुसंग समन्वय गरे बजारीकरणका लागि सहजीकरण गर्ने बताएका हुन् ।

nisarga

“तपाईँहरुको वडा,नगरमा वा क्षेत्रमा कृषि उत्पादनले बजार नपाएर समस्या झेलिरहेका व्यक्तिहरु देख्नुभएको छ भने तपाईहरुले पनि हामीलाई खबर गर्नुस,शनीबार कैलालीको गोदावरी नगर समितिको दोस्रो नगर भेलामा पार्टीका शुभेच्छुकहरुलाई उनले भने, बजारीकरणका लागि कहाँ,के गर्नुपर्छ,हामी पहल गर्छौँ ।”

देश विकासका लागि कृषिका्रन्ति जरुरी रहेको भन्दै न्यौपानेले कृषि पेशा र कृषकलाई सम्मान गर्ने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताए । नेपाली उत्पादनहरु बाह््य उत्पादनहरुसंग प्रतिष्पर्धा गर्न लायकहुँदा पनि निति र विभिन्न व्यवस्थाहरुका कारण कृषकले समस्या झेल्नु परिरहेको उनको भनाई थियो ।