अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-६ मा रहेको बडेडा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षमा १४१ मतसहित चेतराज पन्त विजयी भएका छन् ।
नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) भएको निर्वाचनबाट पन्त विजयी भएका हुन् । खानेपानि संस्थाको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका थिए । त्यस्तै समितिको उपाध्यक्षमा गिरीराज भण्डारी निर्वाचित भएका छन् ।
उनले १७६ मत प्राप्त गरे । सचीवमा उत्तम महरा विजयी भएका छन् । १९२ मतसहित विजयी भएका महराले प्रतिस्पर्धिलाई एक मतले हराएका हुन् । त्यस्तै समितिको कोषाध्यक्षमा २१७ मतसहित चित्रा कुमारी भट्ट विजयी भएकी छिन् ।
सदस्यहरुमा मंगलराम चौधरी,लाल बहादुर मल्ल,जानकी शाह,ईश्वरी कुमारी शाह,इन्द्र बहादुर थापा,निर्मला ताम्राकार विक र पूर्ण बहादुर चन्द विजयी भएका छन् । ६०७ उपभोक्ता तथा मतदाता रहेको उक्त खानेपानी संस्थामा ४६७ मत खसेको थियो ।