जनकल्याण इङ्ग्लिस स्कुलको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपािलका वडा नम्बर २ तेघरीमा रहेको जनकल्याण इङ्ग्लिस स्कुलको २६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । जनकल्याण स्कुलले आज २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष दिपीका हमालको सभा अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य तुलसी देवकोटा प्रमुख अतिथि तथा प्रदेश सभा सदस्य खेमा देवी विष्ट र गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया विशिष्ट अतिथि रहेका थिए । वार्षिकोत्सवको अवसरमा विद्यालयले दुष्टि फाउन्डेसनकी संस्थापक कल्पना भट्टलाई सम्मान गरिएको थियो ।

nisarga

त्यस्तै प्रत्येक कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि विद्यालयले अर्को कार्यक्रमको आयोजना गरि पुरुस्कृत गरिने विद्यालयका प्रिन्सीपल यज्ञराज हमालले बताए । कार्यक्रममा अत्तरिया तथा धनगढीका शैक्षीक अगुवा तथा विभीन्न संघ सँस्थाका व्यत्तिहरुको पनि उपस्थीती रहेको थिायो ।

जनकल्याण एकेडेमी२०५४ सालमा स्थापना भएको उक्त विद्यालयमा करिब ७ सय विद्यार्थी अध्ययनरत रहेका छन् ।