कैलालीमा सवा ७ लाखको अवैध सामान बरामद

Image
फाईल फोटो

अत्तरिया – कैलालीमा सवा ७ लाख बढिको अवैध सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका–५ हसनपुर पिपल चौतारा नजिकै भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी सात लाख तीन हजार सात सय बराबरको फेन्सी सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार सुट, साडी, गम्छा, ब्राहमण धोती, श्रीराम गम्छा, झुल, तौलिया, पाईन्ट, मेक्सी, बलाउज, सर्ट पाईन्ट, कोरा कपडा, पुजाको कपडा, तन्ना, दोसल्ला र धोती लगायतका सामान वेवारिसे अवस्थामा बरामद गरिएको हो ।

यस्तै, कैलारी गाउँपालिका–४ को भितरियामा भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएको १४ हजार ४२०। रुपैयाँ बराबरको मिठाई, प्रसाद दाना र पापड बरामद गरिएको छ । दुवै ठाउँबाट बरामद गरिएको सामानको मूल्य सात लाख १८ हजार १२० रुपैयाँ रहेको छ ।

बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।