
अछाम – अछामको मंगलसेन नगरपालिका–८, सुतुडामा माटोको ढिस्कोले पुरिँदा दुई महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार वडा नम्बर–९, पान्लिभिडका २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया बिनिता बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरू चैते दसैँका लागि घर लिपपोत गर्न माटो ल्याउन गएका थिए । माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनीहरू पुरिएका थिए ।
















