सुदूरपश्चिमका महिलाका मुख्य मुद्धा पहिचान गर्न जरुरी : मन्त्री खड्का (भिडियो)

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशकी सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले सुदूरपश्चिमका महिलाका मुख्य मुद्धा पहिचान गर्न जरुरी रहेको बताएकी छिन् । धनगढीमा रहेको सौँराइ स्क्वायरले आयोजना गरेको ‘सौराइ नारी सम्मान २०८१’ कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताएकी हुन् ।

सुदूरपश्चिमका नौ वटै जिल्लाका महिलाका मुख्य मुद्धा पहिचान भए जनप्रतिनिधीलाई पनि काम गर्न सहज हुने उनको भनाई थियो । “सुदूरपश्चिमका महिलाका मुख्य मुद्धा के हुन् त?मुख्य समस्या के हो? छाउपडी हो?,अशिक्षा हो? वा बेरोजगारी हो? कसैले केहि भन्छ,कसैले केहि भन्छ ।

nisarga

त्यसैले सुदूरपश्चिमका सबै दिदिबबहिनीहरु एक ठाँउमा उभिएर,यकिन गरेर ति समस्या समाधान गर्न लाग्नुपर्छ,” उनले भनिन् । अधिकांश महिला घरेलु हिंसाबाट पिडित भएकोले सुदूरपश्चिमको समस्या मदिरा हुन सक्छ कि सक्दैन,लागूऔषध हुन “सक्छ सक्दैन? यि सबै कुरा यकिन गरेर जनप्रतिनिधसहित सञ्चारमाध्यमले एक ठाउँमा उभिएर ति समस्याबारे बोल्नुपर्यो । खड्काको भनाई थियो ।”

कहिलेकाँहि महिलाको बारेमा कम बोलिएको हो कि भन्ने आफुलाई महसुस भईरहेको उनले बताईन् । “तीनै तहका सरकारकारमा हामी महिला जनप्रतिनिधीहरु छौँ, कहिलेकाँहि महिलाको बारेमा कम बोलिएको हो कि भन्ने महसुस भईरहेको छ,उनले भनिन्, हामी जनप्रतिनिधी महिलाहरुप्रति समुदायका दिदिबहिनीहरु त्यति सन्तुष्ट देखिएका छैनन्, किनभने भोटदिँदा उनीहरुले जुन अपेक्षा गरेका थिए,ति पुरा भएका छैनन्,महिलाको पक्षमा महिला नबोल्दा,एक महिलाले अर्को महिलाले सहयोग नगर्दा,घाउहरुमा मलम नलाग्दा,नितीगत कुराहरु नबनेको र महिलाको पक्षमा बजेट नआँउदा महिला जनप्रतिनिधीप्रति महिलाको भरोसा घट्दै गएको यर्थाथ मैले देखेको छु ।”

मन्त्रालयमा आफू आएपछि सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिमका महिलाको निति निर्माण गरेको उनले बताईन् । उपभोक्त समितिदेखि निति निर्माण गर्ने ठाउँसम्म महिलाको नेतृत्व आवश्यक रहेको खड्काले बताईन् । उनले महिलाका पक्षमा कलम चलाउन पनि सञ्चारकर्मीहरुलाई आग्रह गरिन् ।