बलात्कार गरेको आरोपमा युवक पक्राउ

Image
maya metro

धनगढी – बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले धनगढी उपमहानगरपालिका–१२ जुगेडा बी गाउँ बस्ने २४ वर्षका राजेश विष्टलाई पक्राउ गरेको हो।

nisarga

उनले सोही ठाउँकी एक महिलालाई बलात्कार गरेको उजुरी परेपछि मङ्गगलबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए।

पक्राउ परेका विष्टविरुद्ध जबरजस्ती करणी शीर्षकमा आज मुद्दा दर्ता गरेर कारबाही पक्रिया अगाडि बढाएको जनाइएको छ।