इशरा र सरस्वतीको हत्या अभियोगमा पक्राउ परेका किशोरलाई बाल सुधार गृह पठाउन अदालतको आदेश

Image
maya metro

अछाम – अछामको ढकारी गाउँपालिका–८ पल्साता गाउँकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका दुई किशोरलाई अछाम जिल्ला अदालतले डोटीमा रहेको बाल सुधार गृह पठाउने आदेश दिएको छ।

जिल्ला प्रहरी कार्यालय अछामले घटनाको सम्पूर्ण अनुसन्धान सकेर जिल्ला अदालतलाई प्रतिवेदन बुझाएको थियो। प्रहरीले गरेको अनुसन्धानका आधारमा अदालतले ती दुई किशोरलाई सुधार गृहमा पठाउन आदेश दिएको हो।

nisarga

जिल्ला प्रहरी कार्यालयका निरीक्षक टेकबहादुर देउवाका अनुसार हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो । ‘प्रहरी कार्यालयले सबै अनुसन्धान गरेर यो केसलाई अदालतमा बुझाइसकेको छ ।

अदालतले भने फैसला गरेको छैन ।अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने प्रक्रिया चलिरहेको छ,’ निरीक्षक देउवाले भने, ‘नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई कारागार पठाउन मिल्दैन। उमेर पुगेपछि मात्रै कानुनी प्रक्रियाअनुसार कारागार चलान गरिन्छ।’