अछाममा घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

Image
maya metro

अछाम – अछाममा घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ। साँफेबगर नगरपालिका-५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताए।

nisarga

घटनाको थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय साँफेबगरका प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली खटाइएको डीएसपी भण्डारीले बताए।