बाह्रवनको चुनाव वैशाख ११ गते हुने

Image
maya metro

अत्तरिया  – कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर- ६ मा कार्यालय रहेको बाह्रवन साझेदारी वनको चुनाव आगामी वैशाख ११ गते हुने भएको छ ।

निर्वाचन समितिको आज बसेको वैठकले आगामी वैशाख ११ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

nisarga

चैत्र २१ गतेको साधारण सभामार्फत सहमतिमा नयाँ कार्यसमिति चयन हुन नसकेपछि उजिर सिंह कुँवरको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कार्यालय –परिसरमा हुने बताइएको छ ।

बाह्रवनमा कैलालीका चार वटा पालिका गौरीगंगा,गोदावरी,धनगढी र चुरे गरि २१ वटा वडाबाट ४८ हजार ८४८ उपभोक्ता रहेका छन् ।