
अछाम – अछामको बान्नीगढी जयगढ गाँउपालिका ३ मा रहेको जयगढ बजारमा आगलागी हुँदा ७ करोडको क्षती भएको अनुमान गरिएको छ । आगलागीबाट १२ घर र १७ पसल जलेर नष्ट हुँदा सो बराबर मुल्यको क्षती भएको अनुमान गरिएको हो ।
एकिन बिवरण आउन सकेको छैन आगलागीबाट सो वरावरको क्षती भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी भण्डारीले जानकारी दिए ।

ढुङगा माटोले वनाएको १० घर, २ आरसीसी घर र कच्ची टिनले वनाएको १७ पसल आगलागीबाट पुर्ण रुपमा क्षती भएकोे उनले बताए । आगो नियन्त्रण भने साढे १२ बजे आएको उनले बताए ।
हिजो साँझ ७ बजेर २० मिनेटमा दुईवटा ग्यास शुरुमा पड्किएको र त्यसपछि संगै ७ वटा ग्यास पड्किएर आगो फैलिएको डीएसपी भण्डारीको भनाई छ ।
नेपाल प्रहरी ,नेपाली सेना , सशस्त्र प्रहरी र स्थानीएको सहयोगमा आगो नियन्त्रणमा आएको उनले बताए ।













