अत्तरिया – कैलालीको अत्तरियामा १ पुरुष मृत फेला परेका छन् । अत्तरिया चौराहमा रहेको दुर्गा मन्दिर परिसरमा मृत फेला परेका अन्दाजी ३५/४० वर्षका देखिने ति पुरुषको पहिचान खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय मालाखेतीले घटनाबारे अनुसन्धान गरिरहको छ । प्रहरी घटनास्थल पुग्दा मन्दिर रगताम्मे थियो भने शव घिसार्दै केहि पर फालिएको थियो ।

मन्दिर नै रगताम्मे हुनेगरि पुरुषको हत्या भएपछि यहाँका स्थानीय दुर्गा मन्दिरमा मान्छेको बलि चढेको बताइरहेका छन् ।
“मन्दिरमा मान्छेकै बलि हानीयो, यो राम्रो होईन,अनिष्ट भयो” अत्तरियाका दुर्गा प्रसाईले भने ।
अत्तरिया क्षेत्रमा करिब एक महिनाकै अवधिमा दिनदहाडै खुकुरी प्रहार र हत्याका घटना सार्वजनिक भएपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका छन् ।