डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु, ७ घाइते

Image
maya metro

डोटी – डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। चट्याङले ७ जना घाइते भएका छन्।

गए राति जिल्लाको सायल गाउँपालिका–६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ पर्दा उनकी श्रीमती अन्दाजी ३३ वर्षीया कमला नागरीको घटनास्थलमै मृत्यु भएको हो।

nisarga

चट्याङबाट लहरीका छोराछोरीहरू १० वर्षीया तारा नागरी, ८ वर्षीय अविशेक नागरी, ६ वर्षीय अबि नागरी र ३ महिना शंकर नागरी घाइते भएका छन्।

उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

सो चट्याङबाट स्थानीय ४० वर्षीया तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीया खुशी नागरी पनि घाइते भएका छन्।