इब्सल सञ्जाल र प्रेम रसाइलीको स्वरमा नयाँ डेउडा “साई बिना म आधा” गीत सार्वजनिक

Image
maya metro

अत्तरिया – सुदूरपश्चिमको मौलिक सांगीतिक पहिचान बोकेको डेउडा विधामा आधारित “साई बिना म आधा” गीत सार्वजनिक भएको छ।

चर्चित गायिका इब्सल सञ्जाल र लोकप्रिय गायक प्रेम रसाइलीको स्वरमा सजिएको यो डेउडा गीत गोदावरी नगरपालिकाको–हाटखोलिमा आकर्षक ढंगले छायांकन गरिएको हो।

nisarga

गीतमा सुदर्शन थापाको शब्द रचना छ भने संगीत विकास रोकाया र दिलबहादुर बिकले तयार पारेका हुन्। संगीत संयोजन र अडियो मिक्सिङ कृष्ण बजुरालीको रहेको छ। उक्त गीत म्युजिक इरा स्टुडियोमा रेकर्ड गरिएको हो।

भिडियोमा रमेश बिजुली बिसी र कोपिला सिंह ठकुरीको जीवन्त अभिनय देख्न सकिन्छ। छायांकन तथा ड्रोन सञ्चालन अमृत उपाध्यायले गरेका हुन् भने सम्पादन र कलर ग्रेडिङ पीआर जोशीले गरेका छन्। निर्देशन स्वयं रमेश बिजुली बिसीले सम्हालेका छन्।

देउडा संस्कृति झल्काउने दृश्य र भावनात्मक संगीत संयोजनले यो गीतले दर्शक–श्रोतामाझ राम्रो स्थान बनाउने विश्वास लिइएको छ।