अत्तरियामा युवक मृत फेला प्रकरण : आरोपी पक्राउ, आजै सार्वजनिक गर्ने तयारी

Image

अत्तरिया – कैलालीको अत्तरियामा युवक मृत फेला परेको घटनाका आरोपी पक्राउ परेका छन् ।

आरोपी पक्राउ परेको र आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

nisarga

अत्तरिया चौराहको दुर्गा मन्दिर परिसरमा हत्या गरेर फालिएको अवस्थामा चैत्र २७ गते डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर– ७ स्थित पोखराका ३५ वर्षीय जगदीश कैनीको शव फेला परेको थियो ।