
अत्तरिया – कैलालीको अत्तरियामा सूचना तथा सञ्चार प्रविधि दिवस मनाइएको छ ।
कम्प्युटर एसोसियसन नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा गोदावरी नगरपालिकाको सहयोगमा दिवस मनाइएको हो ।

कम्प्युटर एसोसियसन नेपाल (क्यान)का प्रदेश अध्यक्ष धन बहादुर बोगटीको सभाअध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि तथा प्रदेश सरकारका मुख्य न्यायधिवक्ता ठेकेन्द्रराज जोशी विशिष्ठ अतिथि रहेका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधिहरुलाई डिजिटल सुरक्षाका बारेमा सचेतना पनि गराइएको थियो ।















