अछाममा बलात्कारको आरोप लागेका युवक पक्राउ

Image
maya metro

अछाम – जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहन बहादुर चन्द रहेका छन् ।

चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ की युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो। घटना भएको मिति देखिनै फरार रहेका चन्दलाई खोजतलास गर्ने क्रममा प्रहरीलाई विशेष गोप्य सूचनाका आधारमा अछामको पञ्चदेवल बिनायक नगरपालिका–५ लयाटीस्थित आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

nisarga

अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी प्रसाद भण्डारीले बिहीबार साँझ ५ बजे खटिएको प्रहरी टोलीले चन्दलाई पक्राउ गरेको जानकारी दिए । उनलाई हाल जिल्ला प्रहरी कार्यालय अछामको हिरासतमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।