
अत्तरिया – कैलालीको गोदावरी नगरपालिमा व्युटिसियन अपग्रेड तालिम सुरु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत व्यवसायिक तथा सीप विकास तालिम केन्द्र धनगढीको आयोजनामा गोदावरी नगरपालिकाले वडा नम्बर १ को कार्यालयमा निःशुल्क रूपमा व्युटिसियन अपग्रेड तालिम सञ्चालन गरेको हो ।

जेठ १ गतेदेखि असार १५ गतेसम्म सञ्चालन हुन तालिममा गोदावरी नगरपालिका भित्रका २० जना महिलाहरु सहभागी रहेका छन् । सहभागीहरूले २२५ कार्यघण्टा तालिम प्राप्त गर्नेछन्।
तालिमको आज एक उद्घाटन गोदावरी नगरपालिका वडा नम्बर १ का अध्यक्ष तथा नगर प्रवक्ता गोपालदत्त भट्ट, रोजगार संयोजक रोहित जोशीको उपस्थितिमा कार्यक्रमको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष भट्टले तालिमले नगर क्षेत्रका महिलाहरूलाई आत्मनिर्भर र स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
व्यावसायिक सीपको विकासमार्फत रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको भन्दै उनले यस्ता तालिम निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता रहेको बताए ।
सिपमूलक कार्यक्रमले सामाजिक तथा आर्थिक सशक्तिकरणमा टेवा पु¥याउने उनको भनाई थियो । तालिममा कमला गुरुङले प्रशिक्षण दिन्छिन् ।















