गोदावरी- ८ को वडा भेलामा नगर प्रमुखको ३६ मिनेट : के के बोले ? ( भिडियो सहित )

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले वडा भेला सम्पन्न गरेको छ । जेठ १ गतेदेखि वडा भेला सुरु गरेको नगरपालिकाले १२ वटै वडाको वडा भेला मंगलबार सम्पन्न गरेको हो । सबै वडा भेलामा प्रमुख अतिथि नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

वडा नम्बर- ३ को भेलामा मात्रै भेलामा आउने बाँकी प्रतिक्रिया टिप्न स्वकिय सचिव दिपीन साँउदलाई जिम्मा दिएर उनी काम विशेषले बिचैमा बाहिरिएका थिए भने बाँकी वडाका भेलामा भने पूर्ण समय दिए ।

nisarga

आफूहरु जनताको सेवक भएकोले कुनै समस्या,गुनासा र सुझाव भए कुनै हिचकिचाहट नमानी वडा वा नगरमा आउन सबै वडा भेलामा नगर प्रमुख भट्टले साझा आग्रह गरे ।

नगरमा आउँदा आफ्नो सचिवालयले गरेको व्यवहार वा प्रतिक्रियाबारे कुनै गुनासो भए आफूलाई जानकारी गराउन पनि उनले प्राय सबै वडा भेलामा आग्रह गरे ।

राजनितिक दलबाट निर्वाचित भएको भए पनि ५ वर्षका लागि आफू सम्पूर्ण गोदावरी बासीको जनप्रतिनिधि भएकोले कुनै राजनितिक पूर्वाग्रह नराखी राम्रोलाई राम्रो र नराम्रो भन्न र सुझाव दिन उनले आग्रह गरे ।

“हामी ५ वर्षका लागि कुनै राजनितिक दलका होइनौँ, गोदावरी बासीका हौँ, यहाँहरुले हामीलाई जिताएर गोदावरी नगरपालिकाको कार्यालयमा पठाउनु भएको हो । त्यसैले हामी तपाईँहरुका सेवक हौँ, उनले सबै वडा भेलामा दोहोर्याए, मेयर फलानो पार्टीको हो भन्ने बिर्सीदिनुहोला म अहिले कुनै पार्टीको होइन । तपाईँ हामी सबैको उदेश्य गोदावरीको विकास गर्नु हो ।”

कुनै कार्य वा योजनामा राजनितिक पूर्वाग्रह राखेको प्रमाण भए आफू पदबाट राजनिमा गर्ने पनि उद्घोष गर्दै विरोधका लागि विरोध नर्गन पनि उनले आग्रह गरे ।

गोदावरी नगरपालिकामा भौतिक, समाजिक विकाससंगै,शिक्षा, स्वास्थ्य, खेलकुद र खानेपानीको क्षेत्रमा उल्लेख्य प्रयासहरु भएको उनले बताए ।

त्यस्तै लालपूर्जा वितरण र अत्तरिया धनगढी ६ लेन सडक खण्डमा लाइट जडानको कार्यलाई पनि यथासिघ्र कार्यान्वयनमा ल्याइने उनले बताए । त्यस्तै मंगलबार सम्पन्न भएको वडा भेलाको मन्तव्यमा सम्बोधन बाहेक भट्टले झण्डै ३६ मिनेट खर्च गरे ।

उनले जनतालाई सरकारको अनुभुती दिलाउने जिम्मेवारी स्थानीय सरकारको भएकोले भेला वा सभामा उठेका आवाजहरुलाई आफूले स्वभाविक रुपमा लिने गरेको बताए ।

विद्यार्थी सङ्ख्या कम र शिक्षक बढी भएका विद्यालयहरुमा शिक्षक समायोजन गरिएको उनले बताए । कुलोहरु मासिएको र स्थानीय सरकारले दिएको बोरिङमा सिमित व्यक्तिले हक जमाउने गरेको गुनासोमाथि बोल्दै उनले सार्वजनिक कुलो मास्न नमिल्ने र त्यसो भएमा कानुनी प्रक्रियामा आउन पनि भट्टले आग्रह गरे ।

छिटै छाडा चौपायाको दिगो व्यवस्थापन गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे । त्यसै माघी महोत्सवका लागि नगरपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्ने गरेको तर थारु कल्याणकारी सभा र वरघर भलमन्साले आपसमा विवाद गर्दा समस्या हुने गरेको उनले बताए ।

वरघर भलमन्साहरु संविधानमै सूचिकृत भइसकेकोले स्थानीय तहले कानुन निर्माण गर्नु आवश्यक नरहेको उनले बताए । भौतिक पूर्वाधारतर्फ आफ्नो ठाँउमा भइरहेका ढिलासुस्ती लगायतका गतिविधीबारे सम्बन्धित निकायलाई जानकारी गराउन पनि उनले स्थानीयलाई आग्रह गरे ।

वडा कार्यालयहरुको विवाद समाधान गरि अर्को कार्यालय निर्माणका लागि तयार हुन पनि उनले वडा नम्बर ७ र ८ का वडा अध्यक्षहरुलाई आग्रह गरे । विकास लगायतका कार्यहरुमा समन्वयकारी भूमिका निर्वाह गर्न पनि भट्टले वडाबासी अगुवाहरुलाई आग्रह गरे ।

कम बजेटमा गुणस्तरीय काम गर्नुपर्ने बाध्यता स्थानीय सरकारसंग रहेको प्रस्ट पार्दै उनले एक वडा एक नमूना खेल मैदानको अवधारणा अघि सारेकोले युवा क्लबहरुलाई आपसमा समन्वय गरेर नगरमा आउन वा छलफलमा आफूलाई पनि सहभागी गर्न आग्रह गरे ।

उनले नगर उप प्रमुखले भेला छोडेर संस्थाका कार्यक्रममा जाने गरेकोप्रति पनि असनतुष्टी पोखे । त्यस्तै वडा नम्बर ८ को वडा भेलामा बोल्दै उप प्रमुख रोकायाले विकास क्रमिक रुपमा हुने कुरा भएको बताइन् ।

उनले गोदावरी नगरपालिका बनेको धेरै समय नभएकोले आधारभूत विकास समेत नभएको उल्लेख गर्दै आफूहरु प्रयत्नरत रहेको बताइन् ।