बाजुरामा नेपाल टेलिकमका कर्मचारी चढेको जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

Image
maya metro

अत्तरिया – बाजुरामा नेपाल टेलिकमको टावर मर्मतका लागि गएका कर्मचारी चढेको जिप दुर्घटना भएको छ ।

जिपमा ५ जना सवार रहेकोमा ३ जनाको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेक जोराले बताएका छन् ।

nisarga

दुर्घटनामा गम्भीर घाइते भएका २ जनालाई उपचारका लागि कोल्टी अस्पताल बाजुरा पठाइएको उनले बताएका छन् । मृतक तथा घाइतेहरुको पहिचान खुल्न नसकेको बताइएको छ ।

मंगलबार बिहान ९ः ३० बजे जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ स्थित काँडाकोटमा बा ५ च २२०९ नम्बरको जिप सडकबाट ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । चालकसहित ५ जना सवार उक्त जिप दुर्घटना हुनुको कारण भने नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।