गोदावरीको लालपुरमा भोलि आँखा शिविर आयोजना हुँदै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ स्थित लालपुरमा भोलि (शनिबार) आँखा शिविर आयोजना गरिने भएको छ ।

जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडको आयोजना तथा साधनापथ एकेडेमीको सह आयोजनामा साधनापथ एकेडेमीको प्राङ्गणमा आँखा शिविर आयोजना गर्न लागिएको जननौलो बिहानी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बालकृष्ण ओझाले जानकारी दिए ।

nisarga

बिहान ८ बजेदेखि सुरु हुने उक्त शिविरमा नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पतालले सहयोग गरेको छ । शिविरबाट लाभ लिन आयोजकले सबैलाई आग्रह गरेको छ ।