आगलागीबाट ध्वस्त भएको बाम्का बजारको पर्यटनमन्त्री बद्री पाण्डेद्वारा अनुगमन

Image
maya metro

अत्तरिया – आगलागीबाट ध्वस्त भएको बाजुराको बाम्का बजारको अनुगमनमा पर्यटनमन्त्री बद्री पाण्डे पुगेका छन्। शुक्रबार दिउँसो आगलागीको घटना सुन्ने बित्तिकै बेलुका नै पर्यटन मन्त्री पाण्डे काठमाडौँबाट बाजुरा प्रस्थान गरेका थिए। शनिबार बिहान मन्त्री पाण्डे घटनास्थल पुगेका थिए।

घटनाप्रति उनले दुःख व्यक्त गर्दै तत्काल राहात र पुनर्स्थापनाका लागि पहल गर्ने बताएका छन्। तीनै तहका सरकारको समन्वयमा पीडितको घाउमा मलम लगाउने मन्त्री पाण्डको प्रतिवद्धता छ। स्थलगत अनुगमन लगत्तै सदरमुकाम मार्तडी पुगेर मन्त्री पाण्डेले सरोकारवाला सरकारी निकायको बैठक राखेर राहत र पुनर्स्थापनामा तत्काल जुटन निर्देशन दिएका छन्।

nisarga

शुक्रबार दिउँसो बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा भएको आगलागीमा ३५ पसल जलेर नष्ट भएका छन्। बाजुराको एक मुख्य ब्यापारिक बजारका रुपमा रहेको बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यासको सिलिण्डर पड्किएर आगलागी भएको थियो।