
अत्तरिया – धार्मीक तथा पर्यटकिय क्षेत्र बाजुराको बडिमालिका मन्दिर निर्माण असारमै सम्पन्न हुने भएको छ ।
करिब २ करोड लागतमा मन्दिर निर्माण गरिरहेको नेपाली सेनाले यहि असारमै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएको छ ।

देशकै चर्चित धार्मिक तथा पर्यटकीय महत्व बोकेको बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।
बडिमालिकामा प्रत्येक वर्ष जनैपुर्णिमामा मेला तथा मुख्य पूजा हुने गर्छ ।
नेपालका ४ धार्मिक धाममध्ये बडिमालिका एक धामका रूपमा परिचित छ ।














