कैलाली कारागारमा युवकको मृत्यु, डडेल्धुरामा सडक अवरुद्ध

Image
maya metro

अत्तरिया – कैलाली जिल्ला कारागारभित्र रहेका एक युवकको मृत्यु भएको छ ।

बैंकिङ कसुरमा पक्राउ परेका डडेल्धुरा भागेश्वर–५ का २८ वर्षीय व्यवसायी हरिश सिंह पालीको सोमबार राती मृत्यु भएको हो ।

nisarga

पालीका आफन्तले मृत्यु शंकास्पद भएको बताउँदै डडेल्धुरामा सडक अवरुद्ध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक धनी चन्दले मृतकका आफन्तले जिल्लाको बागबजारमा सडक अवरुद्ध गरेको जानकारी दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले मृतकको शव नउठेको र जाहेरी पनि नआएको बताएका छन् ।