अत्तरियामा मनाइयो ११ औं अन्तर्राष्ट्रिय योग दिवस

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा  ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

अत्तरिया पतन्जली योग समिति तथा नगर समितिले ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाएको हो ।

nisarga

दिवसको अवसरमा अत्तरिया बजारमा र्याली निकालिएको थियोे ।

र्यालिमा पतन्जली योग समितिका सदस्यहरु, सशस्त्र प्रहरी, नेपाल प्रहरी , विद्यार्थी तथा स्थानीयको सहभागिता रहेको थियो ।

नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए।

नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो।

सम्बन्धित समाचार 

आज अन्तर्राष्ट्रिय योग दिवस