सुत्केरी भाउजुको हत्या गर्ने देवर प्रहरीद्वारा सार्वजनिक

Image
maya metro

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा शुुक्रबार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

नाथको हत्या गरेको अभियोगमा पक्राउ परेका तुलसीका सहोदर देवर नविन नाथलाई इलाका प्रहरी कार्यालय मालाखेतीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

nisarga

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले नवीनले नै भाउजु तुलसीको हत्या गरेको पुष्टी भएको बताए ।

उनका अनुसार नवीनले सामान्य घरायसी विवाद भएको तथा सुनका गहनाका लागि आफूले भाउजु सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरेको बयान दिएका छन् । घरमा सामान्य विवाद से

भाउजुको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको अवस्थामा उनी फेला परेका थिए । नाथ शुक्रबार बिहान घर नजिकैको नालामा मृत भेटिएकी थिइन् ।

उनको १६ दिनको नवजात शिशु भने सकुशल फेला परेको थियो । प्रहरीले बाहिर घाउचोट नदेखिएका कारण उनको मृत्युको कारण पत्ता लगाउन सकेको थिएन तर कानमा लगाएका गहना फेला नपरेपछि उक्त कोणबाट अनुसन्धान गर्दा हत्या भएको तथ्य फेला भेटिएको थियो ।

अनुसन्धान गर्ने डिएसपी चन्दको टिम पुरस्कृत हुने

उत्त घटनाको सफल अनुसन्धान गर्ने प्रहरी टिम पुरस्कृत हुने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नर सिंह राणाले उक्त हत्याको सफल अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी रण बहादुर चन्दको टिमलाई पुरस्कृत गरिने बताएका हुन् ।

लासको प्रकृति हेर्दा अनुसन्धानमा कठिनाई देखिएपनि इप्रका मालाखेतीको टिमले उत्कृष्ट कार्य गरेको हुँदा पुरस्कृत गर्न लागिएको उनले बताए ।

डिएसपी चन्दको कमान्डमा खटिएको ९ जनाको प्रहरी टोलीले उक्त घटनाको अनुसन्धान गरेको थियो ।