भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न अत्तरिया उद्योग वाणिज्य संघको अपिल

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया उद्योग वाणिज्य संघले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उद्योगी, व्यवसायी एवम् सर्वसाधारण नागरिकले भोग्नुपरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्न अपिल गरेको छ ।

बिहिबार (आज) संघका महासचिव गम्भिर साउँदले एक विज्ञप्ती जारी गर्दै रसुवा लगायतका जिल्लामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस दुःखद् समयमा उद्धार तथा राहतका कार्यमा ऐक्यबद्धता जनाउन सम्बन्धित निकाय, संघसंस्था, व्यवसायी तथा आम नागरिकलाई अपिल गरेका हुन् ।

nisarga

राहत संकलन गर्न नेपाल सरकारले सञ्चालनमा ल्याएको राहत कोषमा सक्दो र सहयोग र सहकार्यका लागि पनि संघले अनुरोध गरेको छ ।