बाजुराका बेपत्ता पूर्व वडा सदस्य मृत फेला

Image
maya metro

बाजुरा – बाजुराको गौमुल गाउँपालिका–३ का पूर्व वडा सदस्य धनबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन । आइतबार दिउँसो २ः४५ बजे घट्टको पात्थर ल्याउँने क्रममा गेरेनीखोला तर्ने बेला एकासी माथिबाट आएको बाढीले उनलाई बगाएको थियो ।

बाढीले बगाएर बेत्तपा भएक बोहराको शव गौमुल गाउँपालिकाकै आगर भन्ने ठाउँमा सोमबार बिहान करिब ७ः३० बजे भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

nisarga

बेपत्ता उनलाई आइतबार स्थानीय र प्रहरीले खोजी गर्दा पनि भेटिएका थिएन । आज बिहान खोलामा पानीको बहाव घटेपछि उनी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए ।