
काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले आज बेलुका माध्यमिक शिक्षा परीक्षा(एसइई) नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का उप-नियन्त्रक तारानाथ निरौलाले यसका लागि बेलुका ७ बजे बोर्ड बैठक बोलाइएको जानकारी दिए।
उनले भने,‘आजै बेलुकीसम्म नतिजा प्रकाशन गर्ने तयारी छ,७ बजे बोर्ड बैठक बोलाइएको छ, बैठक बसिसकेपछि मात्रै नतिजा प्रकाशन हुन्छ।’
पहिलो चरणको बोर्ड बैठक भने सकिएको छ।

यस वर्षको एसइई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।















