अहिलेसम्म १७ प्रतिशत मात्र रोपाइँ, सुदूरपश्चिममा धेरै

Image
maya metro

काठमाडौँ – समयमै मनसुन शुरु भए पनि नेपालमा अहिलेसम्म १७.२ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ

कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रुपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् ८.२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

nisarga

यसैगरी कोशी प्रदेशमा १३.७ प्रतिशत, बागमतीमा १९,६ प्रतिशत, लुम्बिनीमा १८.५ प्रतिशत धान रोपाइँ भएको छ। त्यस्तै, गण्डकी प्रदेशमा १२.४ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ।

सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ सहजरूपमा रासायनिक मल उपलब्ध गराउने र उन्नत बीउको प्रबन्ध गरेको छ । सयममै मनसुन समेत शुरु भएकाले यस बर्ष उल्लेख्य रुपमा धानखेती हुने अपेक्षा गरिएको छ ।

नेपालमा करिब १४ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ । देशभरका ७७ जिल्लामध्ये ७५ जिल्लामा धान खेती हुने गरेको छ । कुल खेतीयोग्य जमिनको करिब ५० प्रतिशत क्षेत्रमा धान खेती गरिने तथ्यांक छ।