
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- १२ स्थित ओलानीमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४३ वर्षीय राम बहादुर बुढा रहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

आफ्नै घर अगाडी सोमबार (आज) बिहान सर्पले टोकेका बुढाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा दिउँसो साढे दुई बजेको समयमा मृत्यु भएको हो ।
















